काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको गुनासो गरेका छन ।
वरिष्ठ नेता नेपाल पक्ष सांसद पदबाट राजीनामा लागि तयार नहुने भएपछि बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा दाहालले यस्तो ‘ब्रिफीङ’ गरेको स्रोतले जानकारी दिएको छ। “यसपटक पनि उहाँ प्राविधिक कुरामा अल्झिनुभयो, बोल्ड राजनीतिक निर्णय गर्न सक्नु भएन,” वैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
अध्यक्ष दाहालले ‘धोका’ नै भन्ने शब्द प्रयोग नगरे पनि ब्रिफीङको सार भने त्यही भएको स्रोतले जानकारी दिएको छ।अपरान्ह ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि दाहालले बैठक आयोजना गरेका थिए।दाहालका अनुसार, बिहानसम्म पनि नेपालले सबैले नदिए पनि ५ ,७ जनाले भए पनि राजीनामा दिने भनेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend