बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कांग्रेस र माओवादी बैठकको आयो यस्तो निष्कर्ष, बालुवाटारमा ओली खुसिले गदगद

कांग्रेस र माओवादी बैठकको आयो यस्तो निष्कर्ष, बालुवाटारमा ओली खुसिले गदगद

काठमाडौं । नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो । जनता समाजवादी पार्टी (जसपा)नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

‘बहुमत पुर्‍याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठकको निष्कर्षबारे जानकारी दिँदै सहमहामन्त्री महतले भने, ‘बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो ।’

यसअघि बिहीवार बिहान सभापति देउवाले अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । तर दुवै नेताले देउवाको आग्रह अस्वीकार गरेका थिए ।

त्यस्तै यता नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।

माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए । दुवै पार्टीको यस्तो निष्कर्ष आएको थाहा पाए पछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खुसिले गदगद भएको बुझिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend