काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणको कारण निधन भएको छ । कोरोना भाइरस संक्रमण भएका गैरेको उपचारको क्रममा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन भएको हो ।
उनको निधन भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले पुष्टि गरेका छन । एक साताअघि संक्रमण पुष्टि भएपछि उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend