बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सवारी पासको दुरुपयोग भए पछि सडकमा निस्किए सीडीओ, सवारी पासमा थप कडाइ गरिने

सवारी पासको दुरुपयोग भए पछि सडकमा निस्किए सीडीओ, सवारी पासमा थप कडाइ गरिने

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहीबार सवारी अनुगमन गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।

निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम सडकमा निस्किएको हो ।

सीडीओ पराजुलीले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए । उनका अनुसार आजदेखि अत्यावश्यक बाहेकका जिल्लास्तरिय कार्यालय बन्द गरिएको जनाए । उनले निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्ने बताए ।

सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend