बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

देउवालाई भेटेपछि प्रचण्डले बोलाए एक्कासि पेरिसडाँडामा स्थायी कमिटी बैठक

देउवालाई भेटेपछि प्रचण्डले बोलाए एक्कासि पेरिसडाँडामा स्थायी कमिटी बैठक

 

फाइल तस्वीर

काठमाडौँ । अहिले बेलुका नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बोलाएको स्थायी कमिटिका एक जना सदस्यले जानकारी दिए ।

पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने उनले बताए ।

त्यसअघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend