काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समयमै बहुमतको सरकारको दाबी गर्ने सहमति बनेको छ । केहि समय अघि मात्र प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दाबी लिएर शीतलनिवास जाने सहमति भएको छ ।
संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend