बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

देउवालाई ठाकुर र राजेन्द्र महतोले दिए एक्कासी यस्तो तनाव

देउवालाई ठाकुर र राजेन्द्र महतोले दिए एक्कासी यस्तो तनाव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले  कांग्रेस सभापति शेरबहादुर देउवालाई एक्कासी  तनाव दिएका छन् ।

सरकार गठनको विषयमा जसपा तटस्थ बस्ने निर्णय भएको ठाकुुरले देउवालाई सन्देश दिएका छन् । उनले यस अघिको भेटमा पनि देउवालाई भर नपर्न भनेका थिए ।

देउवा निवास बुढानिलकण्ठमा बिहीबार देउवा, ठाकुर र राजेन्द्र महतो बीच भेट भएको हो । ठाकुरले कांग्रेस गठबन्धनलाई समर्थन जनाउन नसक्ने निर्णय सुनाए । राष्ट्रपतिलाई सरकार गठनको पक्षमा जसपा नरहेको भन्दै यसअघि नै ठाकुरले पत्र पठाईसकेका छन् ।

ठाकुर पक्षले सुरु देखिनै सरकार गठनमा तटस्थ रहेको भन्दै कांग्रेसलाई भर नपर्न आग्रह गर्दै आएको छ । तर, जसपाको उपेन्द्र यादव समूह भने सरकार गठनको पक्षमा रहेको छ । आफू पहिलो अध्यक्ष रहेको भन्दै यादवले गरेको निर्णय मान्य नहुने ठाकुरले राष्ट्रपतिलाई भनिसकेका छन् ।

जसपाको निर्णयसँगै नयाँ सरकार गठन गर्न देउवालाई सकस हुने देखिएको छ । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आज राति नौ बजे सकिँदै छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend