काठमाडौं । असन्तुष्ट पक्षका सांसदको राजीनामा रोक्न एमालेका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवास (कोटेश्वर) पुगेका छन्। अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबीच छलफल भइरहेको छ। विश्वासको मत नपाएर ओली प्रधानमन्त्री (हाल कामचलाउ) पदबाट हटेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ।यसर्थ असन्तुष्ट नेपाल पक्षका सांसदको राजीनामा रोक्न सके देउवाको योजना असफल हुनेछ भने फेरि ओली नै प्रधानमन्त्री हुने बाटो खुल्नेछ। यसैका लागि ओली पक्ष नेपाल समूहका सांसदको राजीनामा रोक्ने प्रयासमा लागेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend