काठमाडौं । नेकपा एमाले माधव पक्षका युवा नेता रामप्रसाद रिजालले माधव खनाल पक्षका सांसदले आज ९ बजे सामूहिक राजीनामा दिने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित भएको खुलासा गरेका छन । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित भएको कुरा रिजालले बताएका हुन ।
नेता रिजालले भने, ‘भारतको हस्तक्षेप रोक्नको लागी भएपनि उपनिर्वाचनमा माधव समुहका सबै सांसदहरुलाई जिताउने गरी राजीनामा गराएर देउवा पछि चुनावी सरकारको प्रधानमन्त्री माधव नेपाललाई बनाउने गरी कांग्रेस र नेपाल पक्षबीच सहमति भएको छ ।’
ओलीले पार्टीलाई एकताबद्ध बनाउन नखोजेकोले ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई नेता नेपालले अपील गरेका छन । उनले भने, ‘ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन सवैलाई हार्दिक अपील गर्दछु ।’ १७४ सांसद संख्या भएको नेकपालाई ३ टुक्रा बनाएर ९३ सांसदको पार्टी बनाउने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गणतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा उनको जोड थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend