सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अस्पतालहरुले भर्ना रोकेपछि आयो जिल्ला प्रशासनको यस्तो कडा विज्ञप्ति

अस्पतालहरुले भर्ना रोकेपछि आयो जिल्ला प्रशासनको यस्तो कडा विज्ञप्ति

काठमाडौं । अस्पतालहरुले भर्ना रोकेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गरी त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना नलिने गरी गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाह गर्न लागि सार्वजनिक ध्यानाकर्षण गराएका छन् । यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोभिड १९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend