काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भई बुधबार राति डिस्चार्ज भएका छन् । पूर्ण स्वास्थ्यलाभ गरी अस्पतालबाट पूर्वराजा डिस्चार्ज भएको नर्भिक इन्टरनेशनल अस्पतालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमण भई १९ दिनअघि पूर्वमहारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरन्तरको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षण हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको हो । अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्तालले जनाएको छ । पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वाव रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँगै अस्पतालमा रहेकी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend