#Breaking news#काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षका केही नेताहरुलाई कोटेश्वर बोलाएका छन् । उनले केही नेताहरुलाई छलफलका लागि कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएका हुन् । माधवकुमार नेपाल समूहले आफ्नो समूहको सांसदहरुको सामूहिक राजीनामा दिने की नदिने भन्ने निर्णय गर्ने अधिकार नेपाललाई दिएको छ ।
केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुनबाट रोक्न नेपाल समूहले सांसदबाट सामूहिक राजीनामा दिने र शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको गठबन्धन सरकार बनाउने प्रयास भइरहेको छ । नेपालले केही नेताहरुलाई छलफलमा बोलाएको त्यहा सहभागी एक नेताले जानकारी दिए ।कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपाले माधव नेपाल समूहलाई संसदबाट राजीनामा दिएर बहुमतको सरकार गठनमा साथ दिन आग्र गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend