नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसकेको खुलासा गरेका छन् । ‘प्रचण्ड’ले सरकारमा सहभागी हुने कुरामा टेक्निकल्ली कुरा मिल्यो भने संविधान संशोधन गर्ने विषयमा हस्ताक्षर हुने बताए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय छुटेको भन्दै राजपाले आपत्ति जनाएपछि अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरामा यस बीचमा मधेसमा सरकार बनाउने पार्टीहरूसँग कुरा भइरहेको बताए । ‘प्रधानमन्त्री ओली, म र मधेसवादी पार्टीहरूको बीचमा कुरा हुँदा संविधान संशोधनको विषयमा राजनीतिक सहमति पनि भइसकेको छ । उनले निर्वाचनमा आफूहरूले गरेको घोषणपत्रकै आधारमा नीति तथा कार्यक्रम आएको बताउँदै जनताको अगाडि गरेको प्रतिबद्धताअनुसार काम गर्ने गरी कार्यक्रम आएको प्रतिक्रिया दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend