बुटवल । बुटवलमा अक्सिजन सकिएर ५ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भइरहेका संक्रमितलाई दिइरहेको अक्सिजन सकिएपछि उनीहरूको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
नाम उल्लेख नगर्दै आग्रह गर्दै एकजना चिकित्सकले अवस्था यस्तै रहे यो अझै मृत्युदरको क्रम बढ्ने बताए । कोभिड विशेष अस्पतालमा बुधबार बिहान आउनु पर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहिबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend