काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गोरखाको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामग्रीको लागि सहयोग गरेको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको संस्थाले सामरीटन ट्रष्ट काठमाडौंलाई एक लाख स्वास्थ्य सामग्री खरिदका लागि सहयोग गरेको हो । सामरीटन ट्रष्टले स्वास्थ्य सामग्री अति विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदुरका परिवारलाई केन्द्रीत हुने गरी वितरण गर्ने जनाएपछि संस्थाले सहयोग गरेको हो । ट्रष्टले सेनिटाइजर, माक्स, ग्लोव्स, साबुन र फेस सिल्डलगायतका सामग्री वितरण गर्ने साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सानो सहयोगले लक्षित समुदायको मनोवलमा बढ्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend