काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको हो। नयाँ सरकार गठनको बिषयलाई लिएर बैठक बसेको त्यहाँ सहभागी एक नेताले बताए ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिहं, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल लगायत सामेल छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend