सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनुसन्धान भन्छः यी दुई ब्लड ग्रुपका व्यक्तिले बढी सावधानी अपनाउनु पर्ने  

अनुसन्धान भन्छः यी दुई ब्लड ग्रुपका व्यक्तिले बढी सावधानी अपनाउनु पर्ने  

काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै सन्त्रासमा छ ।यहीबीच काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चले एक अध्ययनमार्फत एबी र बि ब्लड ग्रुप भएका व्यक्तिले बढी सावधानी अपनाउनु पर्ने निष्कर्ष निकालेको छ । अन्य ब्लड ग्रुपको तुलनामा यी दुई ग्रुपका व्यक्तिमा कोरोनाको प्रभाव बढी रहने रिसर्च पेपरमा उल्लेख छ ।त्यस्तै ओ रक्त समूह भएका व्यक्तिमा कम असर हुने बताइएको छ ।यस समूहका व्यक्तिमा सामान्य लक्षण देखिने बताइएको छ ।कोरोनाका घातक बिमारीमध्ये ओ ब्लड ग्रुपका व्यक्ति अत्यन्त न्यून रहेका छन् ।त्यस्तै शाकाहारी व्यक्तिभन्दा माछा–मासु खाने मांशाहारी व्यक्तिलाई कोरोनाले छिट्टै समात्ने गर्छ ।दश हजार व्यक्तिको स्याम्पल लिएर गरिएको यो अध्ययनमा १४० जना डाक्टरको समूहले विश्लेषण गरेर निष्कर्ष सार्वजनिक गरेको हो ।शाकाहारी खानामा हुने हाइ फाइबर नै यसको कारण हो ।रोग प्रतिरोध क्षमता बढी हुने मात्रै नभई यसले गम्भीर हालतमा जानबाट समेत बचाउँछ ।एबी ब्लड ग्रुपका व्यक्तिमा असर अधिक देखिन्छ ।

त्यस्तै बिमा एबी भन्दा केही कम ।ओ समूहका व्यक्ति भने अन्य व्यक्तिभन्दा अझ सुरक्षित मानिएका छन् ।यो सँगै संक्रमण दरलाई जिनले समेत प्रभाव पार्छ ।जस्तो रगत सम्बन्धी बिरामी व्यक्तिलाई मलेरियाको सम्भावना कम रहन्छ ।त्यसै गरी एकै परिवारका सदस्यमध्ये कोही एक सङ्क्रमणमा नपर्नु सामान्य नै हो ।ओ समूह नै बलियो भएको कारण यो भाइरसविरुद्ध लड्ने क्षमता ओ समूहका व्यक्तिमा हुने भएकोले पनि हुन सक्छ ।यस विषयमा भने अध्ययन जारी छ ।यो सबै एक सर्वेक्षणबाट प्राप्त नतिजा हो । साइन्टिफिक रिसर्च पेपर नभएकोले यसलाई आधार मान्न सकिने तर यसैमा विश्वास गरेर अगाडी बढ्ने भन्ने नहुने चिकित्सक बताउँछन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend