सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे ग्राण्डी अस्पतालमा भर्ना, आन्तरिक रक्तश्राव रोकिएन

९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे ग्राण्डी अस्पतालमा भर्ना, आन्तरिक रक्तश्राव रोकिएन

९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे बिरामी परे पछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको पारिबारले बताएको छ । राष्ट्रकवि घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । घिमिरेका परिबारले भने राष्ट्रकविको आन्तरिक रक्तश्रावमा समस्या देखा परेको बताएको छ । घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७ र ८ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend