काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् । सोमवार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन् । वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल भएको समेत उनले विज्ञप्तिमा जनाएका छन् ।उनले भनेका छन्, वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धँकेलिने निश्चितप्राय छ । जसपाका अर्को अध्यक्ष उपेन्द्र यादवले सरकार निर्माणमा लाग्ने भन्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेपछि महन्थले मध्य रातमा विज्ञप्ति जारी गरेका हुन् ।विज्ञप्ति यस्तो छ –

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend