काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनका लागि बोलाइएको संसदको विशेष अधिवेशन सोमबार राति नै अन्त्य हुने सूचना संसद् सचिवालयले जारी गरेको छ।
आगामी वैशाख ३० गतेका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बोलाए पनि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार नै संसद अधिवेशन अन्त्य गरेकाले संसद अन्त्य भएको घोषणा संसद सचिवालयले गरेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend