काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद्ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विधिवत् रुपमा विदाइ गरेको बताएका छन् । उनले केही समयदेखि हुर्केको निरंकुश प्रवृत्ति परास्त भने भइनसकेको बताएका छन् ।
‘अन्ततःसंसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ । तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा ७६(२) अनुरूप २ वा २ भन्दा बढी दलको नयाँ सरकार गठन गर्ने आह्वान गरून् दलहरूले स्वीकारून् ’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend