बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यो संसदले सुविचारित ढंगले निर्णय गरोस्ः प्रधानमन्त्री ओली

यो संसदले सुविचारित ढंगले निर्णय गरोस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका लागि नभइ स्थिरताका लागि विश्वासको मत मागेको बताएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताए । यो संसदले सुविचारित ढंगले निर्णय गरोस् । संसदले विश्वास गर्दैन भने मैले मार्गप्रशस्त गर्नैपर्छ’, ओलीले भने । उनले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने उनले बताए। प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने उनले चेतावनी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend