बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीको प्रस्तावको पक्ष र विपक्षमा छैनौंः ठाकुर

प्रधानमन्त्रीको प्रस्तावको पक्ष र विपक्षमा छैनौंः ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन ।

 

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो । लोकतन्त्र आइसकेपछि पनि हामी पीडित अवस्थामा छौं । साथीहरू जेलमा छन्, ठाकुरले भने ।

प्रतिनिधिसभा सदस्य रेशम चौधरी जेलमा रहेको, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तारेखमा रहेको भन्दै ठाकुरले विश्वासको मत दिन नसक्ने बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend