बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकार संविधान र संसदीय मान्यताप्रति प्रतिबद्धत नभएको देउवाको आरोप

सरकार संविधान र संसदीय मान्यताप्रति प्रतिबद्धत नभएको देउवाको आरोप

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय व्यवस्थालाई कमजोर पार्ने काम गरेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकार संविधान र संसदीय मान्यताप्रति प्रतिबद्धत नभएको पनि आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीमा ‘म संविधानभन्दा माथि छु’ भन्ने दम्भ देखिएको पनि सुनाए । उनले वर्तमान सरकारले अनियमितताको बचाउ गर्ने काम गरेको देखिएको पनि टिप्पणी गरे । सरकार सुशासनको मामिलामा पनि असफल सावित भएको उनको आरोप छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend