सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगारीको सिन्डिकेटविरुद्ध मन्त्रीको कडा कदम,मन्त्रीको निर्देशनमा तीन दर्जन व्यवसायी पक्राउ, दजनौ फरार

वैदेशिक रोजगारीको सिन्डिकेटविरुद्ध मन्त्रीको कडा कदम,मन्त्रीको निर्देशनमा तीन दर्जन व्यवसायी पक्राउ, दजनौ फरार

वैदेशिक रोजगारीमा जाने कामदार संग गैरकानुनी रुपमा पैसा असुलेको भन्दै गोकर्ण बिष्ट श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी पाए लगतै नयाँ कदम चालेका छन् । पहिला उर्जा मन्त्री हुँदा सरकारी कार्यालयको बिजुली काटेर चर्चामा आएका थिए । मन्त्री गोकर्ण बिष्टको निर्देशनमा मलेसिया जाने कामदारमाथि थप आर्थिक भार थोपरेर ठगी गरेको भन्दै बायोमेटिक स्वास्थ्य व्यवसायी तथा उनीहरुका सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन दर्जन जती व्यवसायी रहेको बुझिएको छ
मन्त्री विष्टले त्यही सिन्डिकेटविरुद्ध कडा कदम चालेका हुन् । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेको भन्दै राम श्रेष्ठ पक्राउ पनि पक्राउ परेका छन् ।
त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् ।लगतै श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गरेको छ ।त्यसका आधारमा वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ४८ व्यवसायी पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ । । महानगरीय प्रहरीका अनुसार विभिन्न मेडिकल सेन्टरहरुमा छापा मारेर पक्राउ गरिएको हो भने केही फरार रहेको जनाएको छ । पक्राउ पर्नेमा रामप्रसाद श्रेष्ठ, सरिता गिरी बमबहादुर खड्का, मुकुन्द भट्टराई, निमीकुमारी तिवारी, रेजिना शाक्य, मुना शाक्य, रेशम खत्री, सुम सत्याल, ईश्वर भण्डारी, मोनिका श्रेष्ठ, गणेश तिमल्सिना, देबेन्द्र आचार्य, केदार थापा, विदुर थापा चन्द्रमा राई लगायत रहेका छन् । साथै श्रम मन्त्री बिष्टले गलत गर्ने जोकोहीलाई नछोडने चेतावनी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend