नेपालको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने भएको छ । विमानस्थलका अनुसार हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुने भएको छ । अब विगतको जस्ता समस्या नहुने विमानस्थलको भनाई छ । साथै बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ । यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend