बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गदैनः प्रधानमन्त्री ओली

पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गदैनः प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’ पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend