काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरसको संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend