काठमाडौं । पत्रकार महासंघले कोरोनाबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् ।
अहिले सम्म संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् । अहिले पनि २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न ११७ जना पत्रकार संक्रमित भएका हुन् ।
महासंघका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ३० जना र कर्णाली प्रदेशमा ३० जना तथा उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा ११ जना संक्रमित भएका हुन् । संक्रमति पत्रकारमध्ये ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend