काठमाडौं ।अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटनमा परी कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त विस्फोट एक माध्यमिक विद्यालय नजिकै भएको थियो । विस्फोटमा परि दर्जनौँ घाइते भएका छन । शनिबार विद्यालयका बालबालीकाहरू निस्कने बेला गराइएको विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश छात्रा रहेका त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म उक्त घटनाको जिम्मा कसैले लिएका छैनन् । प्रायः त्यो क्षेत्रमा सुन्नी लडाकु समुहले आक्रमण गरिरहन्छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend