सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा कोरोना महामारी नियन्त्रणमा छः प्रधानमन्त्री ओली

नेपालमा कोरोना महामारी नियन्त्रणमा छः प्रधानमन्त्री ओली

काठमाडौै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारी नियन्त्रणमा रहेको बताएका छन । शनिबार अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेसनलको प्रत्यक्ष प्रसारणमा जोडिएका प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म कोरोना महामारी नियन्त्रणमा रहेको बताएका हुन । उनले भनेका छन,‘नेपालमा कोरोना महामारी नियन्त्रणमा रहेको छ ।’ प्रत्यक्ष प्रसारमा बोल्दै उनले हिजोसम्म ३ हजार पाँच सय जनाले ज्यान गुमाएको पनि बताएका छन।

पत्रकारले प्रश्न गरेका छन्, ‘नेपालमा कोरोना रोकथामका लागि स्वास्थ्य सामग्रीको बन्दोबस्त कस्तो छ ?
उत्तरमा प्रधानमन्त्री ओलीले भने , ‘तपाईको प्रश्नलाई धन्यवाद म छिमेकी राष्ट्र तथा विश्व समुदायलाई कोरोना भ्याक्सिन सहयोगका लागि यसैमार्फत अनुरोध गर्न चाहन्छु । अहिले नेपालमा कोरोना महामारी नियन्त्रणमा रहेको छ भन्नुपर्छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend