
काठमाडौं । नेकपा एमाले नवलपरासी पश्चिमका अध्यक्ष शिवलाल कंडेलको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा कंडेलको निधन भएको नेता माधवकुमार नेपालले ट्विटरमार्फत जानकारी दिएका छन् ।
नेता नेपालले लेखेका छन्, ‘हाम्रो पार्टी नेकपा एमाले नवलपरासी पश्चिमका अध्यक्ष कमरेड शिवलाल कंडेल कोभिड–१९ बाट संक्रमित भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत रहँदा दुःखद निधन भएको खबरले म स्तब्ध भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend