
काठमाण्डौं । कोरोनाभाइरस महामारीका कारण अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा शरिरमा अक्सिजन कम हुनभएकाले भाइरस नियन्त्रणकालागि स्वाथ्यका मापदण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका आग्रह मान्न विज्ञहरुले सुझाएका छन् । हामीले दैनिक रुपमा सेवन गर्ने खानेकुराले पनि हाम्रो शरिरमा अक्सिजनको मात्रा बढाउँछ ।
यी खानेकुराले कुनै न कुनै माध्यमबाट शरीरमा अक्सिजनको आपूर्ति बढाउँन सहजीकरण गर्न महत्वपुर्ण भूमिका रहेको विभिन्न अध्ययनले देखाएको छ ।
यी हुन शरीरमा अक्सिजनको मात्रा बढाउने १२ वटा मुख्य स्थानीय खानेकुरा
१ शुद्द पिउने पानी झोलिलो खाने कुराहरु
२ हरियो सागपात
३ भटमास
४ ब्रोकाउली
५ सिमला खुर्सानी
६ गाजर
७ हरियो सिमि
८ आलु
९ बेरिज (किम्बु, ऐसेलु, आरु बोखरा, काफल आदी)
१० रातो सिमि
११ ओखर
१२ अमिलो फलफुलहरु (कागती, सुन्तला, अम्बा आदी) स्थानीयस्तरमै पाइने यी खानेकुरा सम्भव भएसम्म दैनिक खाने प्रयास गरौँ ।
(काठमाण्डुपाटीबाट साभार)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend