मकवानपुर । राक्सिराङ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।राक्सिराङ–१ बेलटारस्थित बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप शुक्रबार राति साढे १२ बजे दुर्घटना भएको हो। जिप आफैँ अनियन्त्रित पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही ठाउँका १७ वर्षीय दिनेश स्याङतानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा जिप चालकसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा चालक राक्सिराङ–१ बेलटारका २५ वर्षीय दिपेन्द्र ल्हो, १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृति मोक्तान र मनहरी गाउँपालिका–७ का १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको हेटौंडा उमपहानगरपालिका–११ थानाभ¥याङ्स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको बताएको छ। कोरोना संक्रमणका बेला हेटौंडा आवातजावतमा रोक लगाइए पनि रातको समयमा उनीहरु किन जिपबाट हेटौंडातर्फ आउन लागेका थिए खुल्न नसकेको प्रहरी नायव उपरिक्षक रिमालले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend