सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आफनै नातिले गरे बन्चरो प्रहार गरी हजुरआमाको हत्या

आफनै नातिले गरे बन्चरो प्रहार गरी हजुरआमाको हत्या

हेटौंडा । हेटौंडामा शुक्रबार आफनै नातिले बन्चरो प्रहार गरी हजुरआमाको हत्या गरेका छन । हत्या हुनेमा हेटौंडा १७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छन् । घरको आँगनमा बसिरहेका बेला गुरुङलाई आफ्नै नाति २२ वर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते गुरुङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले बताएका छन् । बन्चरो प्रहार गर्ने नातिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend