सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रक्षामन्त्री पोखरेलले गरे चीनसँगको व्यापारिक नाका उद्घाटन

रक्षामन्त्री पोखरेलले गरे चीनसँगको व्यापारिक नाका उद्घाटन

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घघाटन भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घाघाटन गरे ।
नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने बताइएको छ । सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सहभागी थियो । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलले बताएको छ ।
सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend