
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधीमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend