
कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमणबाट शुक्रबार दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक समेत रहेकी शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ भने शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए । दुवै जनाको शिवराज नगरपालिकाले चन्द्रौटामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend