
काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ ।
हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय तालिका तोकिएको निर्वाचन आयोगले बताएको छ ।
नेकपा(माओवादी केन्द्र)परित्याग गरि नेकपा(एमाले) प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त छ । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)को माधव नेपाल पक्षधरले डा खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएका छन् । नेकपा(एमाले) बाट भने रामबहादुर थापा बादलको नाम चर्चामा भएपनि हालसम्म टुंगो लागिसकेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend