सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीलाई मुलुककै नमुना जिल्ला बनाउने नेता रायमाझीको उद्घोष

अर्घाखाँचीलाई मुलुककै नमुना जिल्ला बनाउने नेता रायमाझीको उद्घोष

पूर्वउपप्रधान मन्त्री एवंम नबगठित नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले मुलुकले बिकाशको छलाङ मार्ने बताएका छन् । राजधानीमा अनेरास्ववियु अर्घाखाँँँची काठमाडौ सम्पर्क कमिटीको आयोजना गरेको भित्ते पात्रो बिमोचन कार्यक्रमा बोल्दै यस्तो कुरा बताएका हुन । एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि देश आर्थिक समृद्घीको बाटोमा अगाडी बढने दाबी गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले अर्घाखाँची जिल्लालाई देशको नमुना जिल्लाको रुपमा बनाउने भन्दै बेरोजगारी यूवालाई रोजगारीको बाताबरण सिर्जना गर्ने नबगठित पार्टीको प्रमुख प्राथामिकता रहेको उद्घोष गरे । रायमाझीले पहिला जस्तो अस्थिर सरकार नभएकोले बर्तमान सरकारले पूरा कार्यकाल गरी गाँउ गाँउको मुहार फेर्ने भन्दै अर्घाखाँमा पनि बिकाशले फड्को मार्ने र बन्दै गरेका नौमुरे आयोजना, तथा एअरपोर्टले चाडै नै पूर्णता पाउने बताए । उनले सुपादेउराली लगायत अर्घाखाँचीमा रहेका पूराना कला सस्कृतीलाई पर्यटन स्थलको रुपमा चिनाउन बिभिन्न योजना ल्याउने बताए ।

कार्यक्रममा पाँच नम्बर प्रदेशका प्रदेश सदस्य दधिराम न्यौपाने, अनेरास्ववियुका केन्द्रीय सम्पर्क बिभाग प्रमुख चन्द्र थिङ, केन्दीय सदस्य, गोबिन्द श्रेष्ठ, पाँच सम्पर्क कमिटीका सदस्य सुमन्त पौडेल,मञ्चका अध्यक्ष नारायण श्रेष्ठ, गणतान्त्रिक मञ्चका अध्यक्ष चूरामणी खनाल, सचिब बिशाल मिश्र, पूर्वसचिब गोपाल पोखरेल, पत्रकार मुकुन्द भुसाल, सदस्य तथा सास्कृतीक बिभाग प्रमुख मोतिराज खनाल, सदस्य नरहरि घिमिरे, पत्रकार, मुकुन्द गैरै लगायतको सहभागीता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend