बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ


 


काठमाडौं । छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । दोलखा भीमेश्वर नगरपालिका–९ घर भई गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् । प्रहरीका अनुसार १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उनलाई काठमाडौंको सुन्धारास्थित ढोरपाटन गेस्ट हाउसबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरीका एसपी रमेश बस्नेतका अनुसार उनले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौं ल्याएर होटलमा राखेर बलात्कार गरेका हुन् । लामामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

#balatkar#

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend