
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। बिहीबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका नेपाल त्यहाँबाट सिधै राष्ट्रपतिलाई भेट्न पुगेका हुन्। बुढानीलकण्ठस्थित देउवा निवासमा करिब एक घण्टा छलफल गरेर उनी राष्ट्रपतिलाई भेट्न पुगेको नेता नेपालनिकट स्रोतले बतायो।
#madhabnepal #shitalnibas #nepal
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend