
काठमाडौं। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज दिउँसो १ः ४५ बजे निधन भएको छ । छातीमा समस्या देखिए पछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । प्रधानको न्यूरो अस्पतालमा निधन भएको हो । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । प्रधानका ७ सयभन्दा धेरै गीत रेकर्ड भएका छन् । ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, लगायतका कालजयी र प्रसिद्ध गीतका गायक प्रधान सानैबाट संगीतमा सक्रिय थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend