मलेशिया नेपाली यूवाहरुको वैदेशिक रोजगारीको गन्तव्य मुलुक हो । मलेशियामा नेपालीहरुको संख्या बढी नै छ । पछिल्लो समय मलेशिया जाने नेपालीको संख्या बढदो छ । तर अहिले आएर अव नेपाली यूवाहरुको लागी मलेशिया रोजगारीको अवस्था कसरी अगाडी बढछ केही समय हेर्न पर्ने अवस्था आएको छ । श्रम तथा रोजगार मन्त्रालयले माइग्राम्स र बायोमेट्रिक बन्द गर्ने निर्णय गरे संगै वैदेशिक रोजगारीमा जाने कामदारको प्रक्रिया रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारी मान्यता पाएका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराउने निर्णय गरेका छन् । गोकर्ण बिष्ट मन्त्री भए संगै वैदेशिक रोजगारको क्षेत्रमा अव के हुन्छ भन्ने सवैको चासो थियोे । मन्त्री विष्टले सरकारले मान्यता दिएका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने निर्णय गर्दै सिन्डिकेट खारेजीको घोषणा गरेका थिए । यो लगत्तै पक्राउ परिने डरले स्वास्थ्य व्यवसायीले स्वास्थ्य परीक्षण रोकेको बताईएको छ । सरकारले माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न कुटनीतिक पहल गरेको बताएको छ । मन्त्रीको यो निर्णय संगै अव मलेशियन सरकारले यो निर्णयलाई कसरी लिन्छ त्यस अनुसार मलेशियाको रोजगारीको अवस्थाको आंकलन गर्ने सकिने भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend