
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ । स्याङ्जा, चापकोट ७ घर भई मित्रनगर बस्ने मिलन सारुलाई प्रहरीले पक्राउ गरेको हो ।
बागलुङ भगवती काउण्टरका ३० वर्षीय सारुलाई सादा पोशाकमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उनले काठमान्डौँदेखि बागलुङसम्म जाने भाडा नौ सय भएकोमा तीन हजार देखि चार हजारसम्म लिने गरेको पाइएको छ ।
‘उनले वैदेशिक रोजगारबाट घर फर्किन लागेका १० जना यात्रुबाट बढी भाडा लिएको पाइएको छ,’ एसएसपी भट्टराईले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend