बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

देउवाले संसदमा विश्वासको मत दिन नसकिने भने पछि एकाएक तात्यो राजनीति

देउवाले संसदमा विश्वासको मत दिन नसकिने भने पछि एकाएक तात्यो राजनीति

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

 

 

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रवादी शक्तिहरुका बीच सहकार्य गरेर अघि बढनु पर्ने कुरामा जोड दिए । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा यस्तो बताएका हुन । उनले संसद्मा आफूलाई विश्वासको मत दिन देउवा संग आग्रह गरे । सभापति देउवाले भने विश्वासको मत दिन नसकिने स्पष्ट पारेको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ ।यस्तै सभापति देउवाले कोराना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । सभापति देउवाले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्तिसमेत जनाए । भेटवार्तामा एमालेका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा तथा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा महत सहभागी थिए । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend