
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहेका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनको छातीमा संक्रमण देखिएको चिकित्सकले जानकारी दिएका थिए। ८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर उनी वैशाख १७ गते शुक्रबार घर फर्केका थिए। अस्पतालबाट फर्केर सामाजिक सञ्जालमा भिडियो सन्देश पठाएका श्रेष्ठलाई केही दिनमै श्वास फेर्न असहज भएको छोरा एमन श्रेष्ठले बताए। उनका अनुसार श्रेष्ठको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। त्यसैले उनलाई फेरि अस्पताल लगिएको हो।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend