
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिनको ५० हजार रुपैयाँसम्मको शुल्कको सूची सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend