सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

दाङ । कोरोना संक्रमित पत्रकारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले ६ बेडको आइसोलेसन स्थापना गरेको छ ।संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालमा बेडको अभाव भएपछि महासंघले अक्सिजन सहितका ६ वटा बेड आफ्नै भवनमा राखेको छ ।कोरोना संक्रमित पत्रकारलाई उपचार गर्न बेड तयार गरिएको अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् । दाङमा हाल दस जना पत्रकारलाई कोरोना संक्रमन भएको छ । उनीहरू सबै होम आइसोलेसनमा छन् । पत्रकार महासंघले बेड सहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend