सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । मोरङबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन । मोरङको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend